Madhes Khabar
खेलकुद

सिरहालाई हराउँदै मछिन्द्र क्लब जीतवुरसिमरा गाेल्डकपकाे फाइनलमा

बारा,१बैशाख:मच्छिन्द्र फुटबल क्लब बाराकाे सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो ।

मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने खेलकाे विजेतासंग खेल्नेछ ।शुक्रबार भएकाे खेलमा मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देवेन्द्र तामाङले गोल गरे । मच्छिन्द्रले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।

खेलको ३० औं मिनटमा विमलको गोल मार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई विमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नर बलमा देवेन्द्रले हेडिङ मार्फत गोल गरेका थिए ।

पहिलो हाफमै अग्रता बनाएको मच्छिन्द्रले दोश्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोश्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा मच्छिन्द्र पहिलो सहभागिता मै फाइनल पुगेको हाे ।

विमल प्लेयर अफ दि म्याच घोषित भए र शुभारम्भ कलेज म्यान अफ दि म्याचको ट्रफि सहित १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा.राहुल झाले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा शनिबार पुलिस र एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ ।

Related posts

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि सुदूरपश्चिमको फराकिलो जित

MadhesKhabar

भुटानलाई हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

MadhesKhabar

Leave a Comment