वीरगन्ज,१९असाेज:एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलाे खेलमै सानदार जित हात पारेकाे छ ।
भारतकाे हदरबादमा शुक्रबार भएकाे आफ्नाे पहिलाे खेलमा पाकिस्तानले नेदरल्यान्डलाई ८१ रनकाे फराकिलो अन्तरले पराजित गरेकाे हाे ।२८७ रनकाे लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नेदरल्यान्डले ४१ ओभरमै अलआउट हुदैं २०५ रनमात्रै बनाएपछि खेल पाकिस्तानले जितेकाे हाे ।
नेदरल्यान्डका लागि बास डि लिडले ६८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । अर्का ओपनर विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाए । लोगन भान बिक २८ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे । अन्य कुनैपनि डच खेलाडीले राम्रो गर्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुदैं २ सय ८६ रनमा बनाएकाे थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रन बनाए ।रिजवानले ७५ बलमा ८ चौका प्रहार गरे । सकिलले ५२ बलमा ९ चौका र १ छक्का हाने ।
नेदरल्यान्डका बास डि लिडले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । कोलिन एकरम्यानले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक विकेट लिए ।
अव पाकिस्तानले मंगलबार श्रीलंकासँग खेल्नेछ । नेदरल्यान्डले सोमबार न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलोे खेलमा इंग्ल्यान्डलाई ९ विकेटले हराएको थियो ।
विश्वकपमा शनिबार दुई खेल हुनेछन् । बिहान बंगलादेश र अफगानिस्तानबीच धर्मशालमा खेल हुनेछ । उक्त खेल बिहान १०: ४५ मा हुनेछ । दिउँसो २ : ४५ मा दिल्लीमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

