Madhes Khabar
खेलकुद हेडलाइन

विश्वकप खेलेर आएपछि वीरगन्जमा नयाँ खेलाडीसँग अनुभव साट्दै आसिफ शेख

वीरगन्ज,११असारःटी–२० विश्वकप खेलेर स्वदेश फर्केपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख गृहनगर वीरगन्जमा व्यस्त छन्। विश्वकपको समूह चरणबाटै नेपालको यात्रा समाप्त भएपछि काठमाडौं हुँदै गृहनगर वीरगन्ज आएका शेख बिहान र बेलुकाको समय क्रिकेटमै व्यस्त छन्।

लामो समयको अन्तरालमा करिब एक महिनाका लागि वीरगन्ज आएका उनले खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनी गत बिहीबार गृहनगर वीरगन्ज आएपछि पर्सा जिल्ला क्रिकेट संघले सिमरा एयरपोर्टमै भव्य स्वागत गर्दै वीरगन्ज सहर परिक्रमा गराएको थियो।

राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यानसमेत रहेका आसिफले अहिले दिनहुँ वीरगन्जको रामगढवामा रहेको ज्ञानदा माविअन्तर्गत सञ्चालित नेसनल स्पोर्टस् एकेडेमीमा प्रशक्षिण दिइरहेका छन्।

वीरगन्जको मुर्ली निवासी क्रिकेट खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख नेसनल स्पोर्टस् एकेडमीको ब्रान्ड एम्बेसडरसमेत रहेका एकेडेमीका प्रमुख प्रशिक्षक जहुर अन्सारीले जनकारी दिए। आसिफले आफ्नो अनुभव साटेर प्रशिक्षणमा सहभागी नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गरिरहेका छन्।

आरिफ र आसिफ वीरगन्ज आएका वेला नियमित रूपमा नेसनल स्पोर्टस् एकेडेमी पुगेर प्रशिक्षण दिने गरेका प्रशिक्षक अन्सारीले बताए। उनका अनुसार एकेडेमीमा मधेस प्रदेशका विभिन्न जिल्लाका ५०–६० जना खेलाडी नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्।प्रशिक्षक अन्सारीका अनुसार अबको एक महिनासम्म आरिफ र आसिफले वीरगन्जमै बसेर प्रशिक्षण दिनेछन्।साभारः नयाँपत्रिकाबाट

Related posts

युएईविरुद्ध वीरगन्जका आसिफ शेखको सानदार अर्धशतक

MadhesKhabar

उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु आज बारा आउदै

MadhesKhabar

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो (मूल्यसुची सहित)

MadhesKhabar

Leave a Comment