Madhes Khabar
खेलकुद

चन्द्रपुरमा मेयर कप टि–२० क्रिकेट सुरु,उद्घाटन खेलमा गौर विजयी

चन्द्रपुर,८मंसिरःरौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

गौरले ८१ रनको लक्ष्य पाएको १६.१ ओभरमा ५ विकेटमात्रै गुमाएर पुरा गरेको हो । यसअघि पहिले व्याटिङ गरेको चन्द्रपुरले भने १७.२ ओभरमा अलआउट हुदैं ८० रनमात्र बनाएको थियो ।उद्घाटन खेलको म्यान अफ द म्याच गौरका आशीष बैठा घोषित भए ।

स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा संघर्ष युवा क्लब चन्द्रपुर ५ को आयोजनामा टी–२० लीग मेयर कप क्रिकेट सुरु भएको हो ।

मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका अन्तर्गतका रौतहटका ६ वटा पालिका र छिमेकी मुलुक भारतका दुईटीम गरी ८ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका संयोजक देवराज कार्कीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन मेयर सञ्जय कुमार काफ्लेले गरेका थिए । त्यसअवसरमा उनले शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रौतहट फुटबलको मात्र नभई क्रिकेटको समेत उर्वर भूमि हो भन्ने कुरालाई प्रमाणित गर्न पनि यस किसिमका प्रतियोगिताको आयोजना हुन जरुरी रहेको बताए।मेयर काफ्लेले नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

Related posts

एसिया कपकाे सुपर फाेरमा आज श्रीलंका र बंगलादेश भिड्दै

MadhesKhabar

जीतपुरसिमरा गाेल्डकपकाे उपाधिका लागि मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

MadhesKhabar

नेपालको लगातार तेस्रो हार,अमेरिकासंग ४ विकेटले पराजित

MadhesKhabar

Leave a Comment