Madhes Khabar
खेलकुद

एसिया कपकाे सुपर फाेरमा आज श्रीलंका र बंगलादेश भिड्दै

काठमाडाैं,२३ भदाैं: एसिया कप क्रिकेटको सुपर फोरमा आज(शनिबार ) घरेलु टोली श्रीलंका र बङ्लादेश खेल्दैछन् । यी दुई बिचकाे खेल कोलम्बोमा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे शुरु हुनेछ ।

सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

आइतबार भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

Related posts

टि–१० क्रिकेट लिगमा पत्रकार महासंघ पर्सा विजयी

MadhesKhabar

विश्वकप फुटबल : दक्षिण कोरियाविरुद्ध गोलको वर्षा गर्दै ब्राजिल क्वाटरफाइनलमा

MadhesKhabar

सखुवाप्रसाैनी क्रिकेट प्रतियाेगिता : कालिकामाई गाँउपालिका विजयी

MadhesKhabar

Leave a Comment