Madhes Khabar
खेलकुद

श्रीलंकालाई ५५ रनमै अलआउट गरेपछि भारत बन्याे विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलाे देश

वीरगन्ज,१६कार्तिक:भारत आइसिसी विश्वकप क्रिकेट २०२३ काे सेमिफाइनलमा प्रवेश गर्ने पहिलाे देश बनेकाे छ ।

बिहीबार मुम्बईमा भएकाे खेलमा श्रीलंकालाई ५५ रनमै अल आउट गर्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हाे । भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो । विश्वकपमा सबैभन्दा कम रनमा २००३ मा श्रीलंकासँग क्यानडा ३६ रनमा अल अउट भएको थियो ।

क्यानडानै १९७९ को विश्वकपमा इंग्ल्यान्डसँग ४५ तथा नामिबिया २००३ को विश्वकपमा अष्ट्रेलियासँग समान ४५ रनमा अल आउट भएका थिए ।

यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो । त्यो नै विश्वकपमा एक टोलीले हात पारेको सर्वाधिक ठूलो जित थियो ।

बिहीबार भएकाे खेलमा श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथाले १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए । श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए ।

कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भए । चरिथले २४ बलमा १ रन बनाएका थिए । एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए । त्यो समय श्रीलंका १३.१ ओभरमा २९–८ को अवस्थामा थियो । महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा र जस्प्रित बुमराहले १/१ विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।

श्रीलंकाका दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिएलिएका थिए ।

भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । भारतले अब ५ नोभेम्बरमा दक्षिण अफ्रिका र १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।

Related posts

ठोरीमा तिजकप फुटबल सुरु, बसन्तपुर युनाइटेड क्लबको विजयी सुरुवात

MadhesKhabar

सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा

MadhesKhabar

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १३८ रनले पराजित

MadhesKhabar

Leave a Comment