Madhes Khabar
खेलकुद

साहिब दरबार टी-२० सुपर लिगकाे फाइनलमा,उपाधिका लागि वीरगन्ज ब्लाष्टरसंग भिड्ने

वीरगन्ज,१७असाेज:ड्रगन अफ साहिब दरबार वीरगन्जमा जारी टी-२० सुपर लिग सिजन-३ को फाइनलमा प्रवेश गरेकोे छ।आदर्शनगर रंगशालामा बिहीबार भएको दाेस्राे सेमिफाइनल खेलमा सन्लाइट किंग्सलाई ७७ रन अन्तरले हराउँदै सहिब दरबारले फाइनलकाे यात्रा तय गरेको हो ।
बिहीबारकाे खेलमा २ सय रनकाे लक्ष्य पछ्याएकाे सन्लाइट किंग्स १९.२ ओभरमा अलआउट हुँदै १२२ रनमै समेटिएपछि साहिब दरबार फाइनलमा पुगेकाे हाे।सन् लाइट किंग्सका लागि आसिम हवारीले सर्वाधिक २६ रन र राहुल सहनीले २१ रन बनाए।
बलिङतर्फ साहिब दरबारका लागि युवराज दासले ३ र वासिम अन्सारीले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साहिब दरबारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९९ रनको योगफल बनाएकाे थियाे।उसका लागि सन्तोष कार्कीले शतक हान्दै ५७ बलमा १२८ रन बनाए भने मनोज गिरीले २२ रन जोडे ।
बलिङतर्फ सन्लाइट किंग्सका लागि आसिम हवारीले ३ र रमेश महताेले १ विकेट लिए ।
उक्त खेलकाे प्लेयर अफ द म्याच साहिब दरबारका लागि शतक हानेका  सन्ताेष कार्की घोषित भए।
बिहीबार नै भएको  पहिलो सेमिफाइनल खेलमा वीरगन्ज च्यालेन्जर्सलाई १ विकेटले पराजित गर्दै वीरगन्ज ब्लास्टरले पनि फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे।
लिगको उपाधीका लागि शनिबार हुने फाइनल खेलमा ड्रगन अफ साहिब दरबार र वीरगन्ज ब्लास्टरबीच प्रतिस्पर्धा हुनेछ ।
पर्सा क्रिकेट संघकाे समन्वयमा वीरगन्ज स्पाेर्टस युथ एकेडेमीले आयाेजना गरेकोे प्रतियोगितामा ६ वटा टिमले भाग लिएका छन्।

Related posts

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

MadhesKhabar

कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

MadhesKhabar

विराट कोहली र रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

MadhesKhabar

Leave a Comment