Madhes Khabar
खेलकुद

कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

एजेन्सी

काठमाडौं,१असारःनेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकासँग नेपालले उत्कृष्ट खेल्दाखेल्दैपनि हारेको बताएका छन् ।

जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार समुह चरणको तेश्रो खेलमा शनिबार दक्षिण अफ्रिकासँग १ रनले हारेपछि भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले नेपाली टोलीले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको पनि बताए ।

‘हामी जितको धेरै नजिक थियौँ, केही टाढा पनि थियौँ । तर कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ,’ रोहितले भने । आउँदा खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने रोहितको भनाई छ ।

मैदानको पीचले स्पिनरलाई सफलता दिलाउने देखेर कुशल भुर्तेललाई चार ओभर बलिङ गराएको र यो रणनीति सफल भएको रोहितको भनाइ छ ।

Related posts

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

MadhesKhabar

विश्वकप छनोट: नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

MadhesKhabar

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

MadhesKhabar

Leave a Comment