Madhes Khabar
खेलकुद

विराट कोहली र रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं,१६असारःभारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ’यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।

त्यस्तै भारतीय क्रिकेट टोली विश्व च्याम्पियन बनेपछि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका हुन् । भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो जसमा विराट कोहलीले ७६ रनको इनिङ खेलेका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।

उनले भने, ’हामी यो कप उठाउन चाहन्थ्यौं। हामीले हारेको भए पनि मैले सन्या लिने घोषणा गर्ने थिएँ। अब अर्को पुस्तालाई पालो दिने समय आएको छ। टी–२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ।’

Related posts

विश्वकप अघिकाे अभ्यास खेलमा गुल्शन झाकाे सानदार शतक

MadhesKhabar

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment