Madhes Khabar
खेलकुद मधेस प्रदेश हेडलाइन

मधेसमा मौलाउदै कुश्ती खेल

मधेसखबर
वीरगन्ज ,२१ असोज : मधेसका जिल्लामा पछिल्लो समय कुश्तीका धेरै प्रतियोगिता हुन थालेका छन् । कुनै पनि चाँड पर्वको अवसरमा हुने मेलासँगै कुश्ती प्रतियोगिता पनि समावेश हुने गरेको छ ।

बारा, पर्सा , रौतहट सहति मधेस प्रदेशका आठ वटै जिल्लामा विशेष गरी ग्रामीण भेगमा चाडवाडसँगै कुश्ती प्रतियोगिताले स्थान पाउदै आएको छ ।

यसपालि पनि दशैको उपलक्ष्यमा विभिन्न स्थानमा लागेका दशहरा मेलामा कुश्ती प्रतियोगिताहरु ऋायोजना गरिए ।
पर्साको वीरगन्जको नगवा , विन्दवासीनी , बाराको सुवर्ण गाउँपालिका लगायतका स्थानमा कुश्ती प्रतियोगिता आयोजना गरिएको थियो । ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुले आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।

बाराको सुवर्ण गाँउपालिकामा आयोजित कुश्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानहरूको ४० जोड कुश्ती सम्पन्न भएको मेला व्यवस्थापन समितिका संयोजक एवं सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले जानकारी दिए ।

पछिल्लो समय स्थानीय तह गठनसँगै मधेसका जिल्लामा कुस्ति प्रतियोगिता धेरै हुने गरेका छन् । यस्ता कुस्ति प्रतियोगिता हेर्न छिमेकी मुलुक भारतबाट समेत दर्शकहरु आउने गर्छन । कुश्ती प्रतियोगितामा राम्रो खेल कौशल प्रदर्शन गर्ने पहलमानहरुलाई पुरस्कृत गर्ने गरिन्छ ।

Related posts

बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी आन्दोलनमा भएकाे ताेडफाेडले ३ करोडको क्षति

MadhesKhabar

मधेस प्रदेशमा १ लाख ४६ हजार सवारी साधन कारबाहीमा

MadhesKhabar

अव्यवस्थित तारहरु ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

Leave a Comment