Madhes Khabar
खेलकुद

मधेस प्रदेशको राजधानीमा जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत

जनकपुरधाम,१२पुसःनेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई मधेस प्रदेशको राजधानी जनकपुरमा भव्य स्वागत गरिएको छ। शुक्रबार जनकपुरको रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत गर्दै सम्मान गरेको छ।

जानकी रंगशालाबाट सुरु भएको ‘ट्रफी परेड’ जनकपुर बजारको परिक्रममा गर्दै रामजानकी मन्दिरमा पुग्दा त्यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए।खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भए। उनीहरूलाई चोकचोकमा भव्य स्वागत गरियो ।

बिहीबार साँझ काठमाडौंबाट जनकपुर पुगेका जनकपुर बोल्ट्सका खेलाडीहरुलाई शुक्रबार नगरपरिक्रमाका क्रममा जनकपुरका क्रिकेटप्रेमी र स्थानीयले भव्य स्वागत गरेको धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए।

एनपीएलको पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्स पर्सासहित मधेस प्रदेशका सबै जिल्लामा विजयउत्सव मनाउन पुग्ने भएको छ।

गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने क्रममा त्यसको सुरूवात जनकपुरबाट गरिएको हो ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले पर्सासहित मधेस प्रदेशको आठवटै जिल्लामा विजयउत्सव मनाइने बताए ।
प्रबन्ध निर्देशक खतिवडाले जनकपुरपछि महोत्तरी पुग्ने र त्यसपछि सर्लाही, रौतहट, बारा हुदैं पर्साको वीरगन्ज पुग्ने कार्यक्रम तय भएको जानकारी दिए।

वीरगन्जमा ¥याली सकेर जनकपुर बोल्ट्सको टिम पूर्वका जिल्लाहरू सिरहा र सप्तरीपनि पुग्ने कार्यक्रम छ।एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो।

 

 

Related posts

यू–१९ एशिया कप क्रिकेटको फाइनलमा भारत र बंगलादेश भिड्ने

MadhesKhabar

न्युजिल्यान्डलाई हराउँदै भारतले १२ बर्षपछि फेरि जित्याे च्याम्पियन्स ट्रफी

MadhesKhabar

एनआई कप क्रिकेट : नेशनल एकेडेमीमाथि वीरगन्ज पब्लिक कलेजको सहज जित

MadhesKhabar

Leave a Comment