Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेट: अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायाे

वीरगन्ज,१७कार्तिक: भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको छ।

शुक्रबार भएकाे खेलमा जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे नेदरल्यान्ड्सले पहिला ४६ दशमलब ३ ओभरमा अलआउट हुदैं १७९ रन बनाएकाे थियाे।

अफगानिस्ताका लागि रहमत शाहले ५४ बलमा ८ चौकासंगै ५२ रन बनाए । त्यसैगरी रहमानउल्लाह गुरबाज़ १० रन बनाएर तथा इब्राहिम ज़दरान २० रन बनाएर आउट भए । कप्तान हशमतउल्लाह शहीदी ५६ रन बनाएर तथा अज़मतउल्लाह ओमरज़ाई ३१ रन बनाएर नट आउट रहे ।

नेदरल्यान्ड्सका साक़िब ज़ुल्फ़िक़ार,रुलॉफ़ वैन डर मर्व र लोगन वैन बीकले एक एक विकेट लिए ।

यो जितसंगै जारी विश्वकपमा अफगानिस्तान ७ खेलबाट ३ जितसहित ८ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा उक्लीएको छ भने नेदरल्यान्ड्स ७ खेलबाट २ जितसहित ४ अंकका साथ आठौ स्थानमा यथावत रहेको छ।

Related posts

युनिट युवा क्लबले जित्यो पर्सा जिल्ला लिग फुटबलको उपाधि

MadhesKhabar

भारतविरुद्धकाे खेलमा नेपाली खेलाडीले प्रत्येक छक्काकाे २० हजार र शतक हाने ५ लाख पाउने

MadhesKhabar

पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

MadhesKhabar

Leave a Comment