Madhes Khabar
खेलकुद

साफ यू-१६ फुटबल: भुटानमाथि नेपालकाे सहज जीत

काठमाडौं,२१फाल्गुन:साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो ।

नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाएकी थइन् ।

त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट सिधै गोल गरेकी हुन् ।

 

खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो । जसमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् ।दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।साभार:अनलाइनखबरबाट

Related posts

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी–२० क्रिकेट आज

MadhesKhabar

जीतपुरसिमरा गोल्डकपकाे सेमिफाइनलमा हिमालयन शेर्पा

MadhesKhabar

राजस्थानलाई हराएकाे चेन्नईकाे प्लेअफमा पुग्ने सम्भावना जिवितै

MadhesKhabar

Leave a Comment