Madhes Khabar
खेलकुद

जीतपुरसिमरा गोल्डकपकाे सेमिफाइनलमा हिमालयन शेर्पा

बारा,२५चैत:हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको खेलमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।

सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार आयोजक नवजनजागृति युवा क्लबसंगको भेट पक्का गरेको छ । मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसंग प्रतिष्पर्धा गर्नेछ ।

हिमालयन शेर्पाको जितमा खेलको ९ औं मिनटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोल नै निर्णायक बन्यो । विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड बलमा पुनः रोवर्टले गोल गरेका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्स फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीयो । खेलको छैटौं मिनटमा फ्रेण्ड्सका विशाल ठकुरीले वन भर्सेस वनको स्थिती गुमाए । लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले रोक्ने मौका पाए ।
खेलको ४४ औं मिनटमा शुसील लामाको अर्को प्रहार विफल भयो । डिबक्स भित्रबाट शुसीलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोलरक्षकले बचाउ गरे । हिमालयन शेर्पाका मानबहादुर रानाको मिसपासको फाइदा उठाउँदै शुसीलले आकर्षक अवसर सिर्जना गरेका थिए ।

 

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए।

मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसंग प्रतिष्पर्धा गर्नेछ ।

Related posts

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

MadhesKhabar

सर्वाधिक छक्कासहित आजको खेलमा नेपालले बनाएका विभिन्न विश्व कीर्तिमानहरु

MadhesKhabar

गुल्शन झाकाे अलराउण्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो

MadhesKhabar

Leave a Comment