Madhes Khabar
खेलकुद हेडलाइन

गुल्शन झाकाे अलराउण्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो

काठमाडौं,३०असाेज:नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ ।

बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतककाे मदतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए ।

 

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।बुधबारको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो ।

नेपालले अब शुक्रबार सामोआसंग खेल्नेछ ।साभार:अनलाइनखबर

Related posts

पर्सामा कांग्रेसले भन्यो : जसपालाई तीन सिट दिन सकिन्न

MadhesKhabar

दुधकाे मूल्य ९ रुपैयाँ वृद्धि गर्ने सरकारकाे निर्णय

MadhesKhabar

पर्सा-२ मा रास्वपाबाट वडाध्यक्ष सुशील कानुले पाए टिकट

MadhesKhabar

Leave a Comment