काठमाडाैं,१९बैशाख: नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी –२० क्रिकेट आज बुधबार हुँदैछ । यो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यी दुई बिचकाे पाँच खेलको टी–२० श्रृंखला एक/एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।
श्रृंखलाको चौथो खेल भोलि बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।
आजको खेलको प्रदर्शनका आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपका लागि छनोट गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आजसम्ममा सहभागी हुने सबै २० देशका लागि नाम टुङ्गो लगाउन यसअघि नै निर्देशन दिएको थियो ।
भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका केही देशले आफ्ना खेलाडीको टुङ्गो लगाइसकेका छन् । विश्वकप क्रिकेट अघि वेस्ट इन्डिजको टोलीपहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

