Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि फेरि भारतकाे सानदार जीत

वीरगन्ज,२७असाेज: भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार अहमदावादमा भएको खेलमा भारतले पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै जित हासिल गरेको हो। भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हाे ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। ६३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका हुन्।

त्यस्तै शुभम गिल १६ र विराट कोहली १६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै श्रेयस लैर ५३ र केएल राहुल १९ रनमा अविजित रहे।

बलिङतर्फ पाकिस्तानका साहिन अफ्रिदीले २ र हसन अलीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनमात्र बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजम सर्वाधिक ५० रन बनाएका थिए। मोहम्मद रिजवान अर्धसतक बनाउन एक रन बाँकी हुँदा पेभेलियन फर्किए भने इमामउल हक ३६ रनमा आउट भए।

त्यस्तै अब्दुल्लाह सफिकीले २० र हसन अलीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिरजा, हार्दिक पाण्डे, कुलदीप यादव र रविन्द्र जडेजाले दुई-दुई विकेट लिएका थिए।

भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच हालसम्म विश्वकपमा ८ खेल भएका छन् । जसमा सबै ८ खेलमा नै भारत विजयी भएको छ ।

पाकिस्तानले टि२० विश्वकपमा भने भारतलाई हराएको छ । २०२१ को टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा विजयी भएको छ ।

भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकपको हेड टु हेड यस प्रकार छ ।

१९९२ – भारत ४३ रनले विजयी

१९९६ – भारत ३९ रनले विजयी

१९९९ – भारत ४७ रनले विजयी

२००३ – भारत ६ विकेटले विजयी

२०११ – भारत २९ रनले विजयी

२०१५ – भारत ७६ रनले विजयी

२०१९ – भारत डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले विजयी ।

२०२३-भारत ७ विकेटले विजयी ।

Related posts

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

कोलकत्तालाई हराउँदै सिमरा फाइनलमा

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा पार्न वीरगन्जका कांग्रेसी नेताहरुकाे माग

MadhesKhabar

Leave a Comment