Madhes Khabar
खेलकुद

काठमाडौंलाई हराउँदै सिमरा अन्तराष्ट्रिय भेट्रान कप फुटबलको फाईनलमा

बारा,११ असोज : आयोजक सिमरा भेट्रान क्लब , बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा बुधबार बेलुकी भएको पहिलो सेमिफाईनल खेलमा चाबहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक सिमराले फाईनलमा स्थान पक्का गरेको हो ।

सिमराको जीतमा गोपिप्रसाद भट्टले दुई र मित्रबहादुर बस्नेतले एक गोल गरेका हुन् ।उक्त खेलको म्यान अफ द म्याच सिमराका लागि दुई गोल गरेका भट्ट घोषित भए ।

प्रतियोगिता अन्र्तगत बिहीबार पनि दुई वटा खेल हुँदैछ ।बिहीबारको पहिलो खेल पोखरा भेट्रान कास्की र फ्रिडम फाईटर काठमाण्डौ बिच हुनेछ । दोश्रो खेलमा युनिटि भेट्रान विरगन्ज र कोलकत्ता भेट्रान भारत भिड्नेछन् ।

स्व.मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिताको फाइनल खेल असोज १३ गत शनिबार हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिए।

Related posts

सन्दिप एसिया कप खेल्न पाकिस्तान जाने

MadhesKhabar

आर्मीलाई हराएर पुलिस बन्यो ‘प्रथम वीरगन्ज गोल्डकप’ को च्याम्पियन

MadhesKhabar

मंगाेलियाविरुद्ध नेपालको सानदार जित, एउटै खेलमा बनायो चार वटा विश्वकीर्तिमान

MadhesKhabar

Leave a Comment