Madhes Khabar
खेलकुद

टी-२० विश्वकप : आयरल्याण्डमाथि क्यानडाकाे सानदार जित

वीरगन्ज,२५जेष्ठ:टी-२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि मार्क अडेरले २४ बलमा सर्वाधिक ३४ रन बनाए । जर्ज डकरेलले २३ बलमा ३० रन जोडे ।

बलिङतर्फ क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले २–२ विकेट लिए । जुनेद सिद्धकी र साद बिन जाफरले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो ।उसका लागि निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले २–२ विकेट लिए । मार्क अडेर र गेराथ डेलानीले १–१ विकेट हात पारे ।

Related posts

वीरगन्जमा जारी प्रधानमन्त्री कप :अर्जुनको शतकमा गण्डकी विजयी

MadhesKhabar

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

MadhesKhabar

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

MadhesKhabar

Leave a Comment