Madhes Khabar
खेलकुद

वीरगन्जमा राष्ट्रिय स्तरको चेस प्रतियोगीता सुरु

वीरगन्ज ,१० बैशाख : वीरगन्जमा सोमबारदेखि राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगीता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता सुरु भएको हो ।
बैशाख १२ गतेसम्म चल्ने प्रतियोगीताको उद्घाटन पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले गरेका हुन् । पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगीताका चिफ आर्बिटर एंव नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।

प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए ।

उनका अनुसार प्रतियोगितामा १० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।

उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।

Related posts

भारत र पाकिस्तानको बाँकी खेल भोलि

MadhesKhabar

युरोकपमा आज फ्रान्स र बेल्जियमको भिडन्त

MadhesKhabar

सन् २०३४ विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियाले गर्ने पक्का

MadhesKhabar

Leave a Comment