Madhes Khabar
खेलकुद

राजस्थानलाई हराएकाे चेन्नईकाे प्लेअफमा पुग्ने सम्भावना जिवितै

वीरगन्ज,३०बैशाख:चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने संभावना जिवितै राखेकाे छ।आइतबार भएकाे खेलमा राजस्थान राेयल्सलाई
५ विकेटले पराजित गर्दै चेन्नईले प्लेअफमा पुग्ने संभावना जिवितै राखेकाे हाे ।

चेन्नईकाे एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा कप्तान ऋतुराज गायकवाडले ४१ बलमा सर्वाधिक ४२ तथा रचिन रविन्द्रले १८ बलमा २७ रन बनाए । ड्यारियल मिचेलले २२ तथा शिभम दुबेले १८ रन बनाए ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले दुई तथा नान्द्रे बर्गर र युजवेन्द्र चहलले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाएकाे थियो ।

राजस्थानका लागि रियान परागले ३५ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । धुव्र जुरेलले १८ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए ।

बलिङतर्फ चेन्नईका लागि सिमरजित सिंहले तीन तथा तुसार देशपान्डेले दुई विकेट लिए ।

१३ खेलमा ७ जित निकालेको चेन्नई तेस्रो स्थानमा छ । पराजित राजस्थान १२ खेलमा १६ अंक सहित दोस्रो स्थानमा कायमै छ ।

Related posts

वीरगन्जमा जारी जय ट्रफी क्रिकेट : आर्मी र पुलिसबीचको पहिलो खेल बराबर

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको लगातार दोस्रो हार

MadhesKhabar

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

MadhesKhabar

Leave a Comment