Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी जय ट्रफी क्रिकेट : आर्मी र पुलिसबीचको पहिलो खेल बराबर

तस्बिर : क्यानबाट सौजन्य

वीरगन्ज,२२पुसःवीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ ।

नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलमा सोमबार १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ् गरेको पुलिसले दोस्रो दिनको खेल सकिदाँ ४२ ओभरमा ५ विकेट गुमाएरु ८८ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो ।यससंगै प्रतियोगितामा पुलिसले १५ र आर्मीले १४ अंक प्राप्त गरेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

दोस्रो इनिङ्समा पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए भने अर्जुन साउदले १९ रनमात्रै जोडे । पहिलो इनिङ्समा एक्लैले ८ विकेट लिन सफल भएका आर्मीका साहब आलम दोस्रो इनिङ्समा पनि २ विकेट लिन सफल भए।

दुई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमबार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको थियो  ।

दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए ।१३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे । यस्तै त्रितराज दासले ५१ बलमा ३४ रन जोडे ।भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रनमात्रै बनाए ।
दोस्रो इनिङ्समा बलिङ्तर्फ पुलिसका कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए ।

त्यसअघि सोमबार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल सुरु गरेको पुलिस थप २२ रनमात्रै जोड्दै अलआउट भएको थियो ।उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए ।आइतबारदेखि सुरु खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा मंगलबार भने कुनै खेल हुनेछैन । बुधबार वीरगन्जमा मधेस प्रदेश र पुलिस क्लबीच तथा जनकपुरमा बागमती प्रदेश र आर्मी क्लबबीच प्रतिस्पर्धा हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए ।

माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप(पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते फाइनल खेल हुनेछ ।लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए।

 

 

Related posts

विश्वकप क्रिकेटमा न्युजिल्यान्डकाे सानदार विजयी सुरुवात

MadhesKhabar

चिलीलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

MadhesKhabar

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment