Madhes Khabar
खेलकुद

बीएसल : साउथ जाेन स्टार्सकाे लगातार दाेस्राे जित

वीरगन्ज,८मंसिरःवीरगन्जमा जारी वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगिता अन्तर्गत साेमबार बिहान भएको खेलमा साउथ जोन स्टार्स विजयी भएको छ ।जारी प्रतियोगितामा उसकाे याे लगातार दाेस्राे जित हाे।

नारायणी क्रिकेट मैदानमा भएको खेलमा साउथ जोन स्टार्सले मधेस इलिट्सलाई ७ विकेटले हराएको हो।

मधेस इलिट्सले दिएको १०६ रनकाे लक्ष्य साउथ जोन स्टार्सले १४.३ ओभरमा केवल ३ विकेट गुमाएर पुरा गर्याे।

त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको मधेस इलिट्सले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।

यसअघि आइतबार भएको खेलमा पनि साउथ जाेन स्टार्सले अपन कालिकामाई क्रिकेट क्लबलाई ४७ रनले हराएको थियाे।

वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एंव पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी पदए ।फाइनल खेल मंसिर १३ गते हुनेछ ।

Related posts

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

MadhesKhabar

यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि परे टिममा

MadhesKhabar

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment