Madhes Khabar
खेलकुद

नेपालले ओमानलाई दुई विकेटले हरायाे

फाइल फाेटाे

काठमाडौं ,३२जेष्ठ : कुशल भुर्तेलको शतकप्रेरित नेपालले क्रिकेट विश्वकपको ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा ओमानलाई दुई विकेटले पराजित गरेको छ।

जिम्बाब्वेको हरारेमा बिहीबार भएकाे अभ्यास खेलमा टस हारेर फिल्डिङ थालेको नेपालले दुई सय ६८ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे।

नेपालका लागि ओपनर कुशलले ९४ बलमा १३ चौका र दुई छक्कासहित एक सय एक रन जोडेर रिटायर्ड आउट भए। यस्तै, भीम सार्की ७४ बलमा ९ चौकासहित ५६ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के।

कप्तान रोहित पौडेलले ३१ तथा दीपेन्द्रसिंह ऐरीले २६ रनबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

ओमानका लागि अकिव इलियासले सर्वाधिक चार तथा फयाज बटले दुई र कलिमुल्लाहले एक विकेट लिए।

पहिलो इनिङमा ओमानका लागि जिशन मक्सुदले एक सय ९ रनको शतकीय इनिङ खेलेका थिए। ओमानका लागि एक सय ६ बलको सामना गरेका मक्सुदले १५ चौका र एक छक्का प्रहार गरे।

यस्तै, आयान खानले ५६ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। नेपालका लागि सोमपाल कामीले सर्वाधिक पाँच तथा सन्दीप लामिछानेले तीन विकेट लिए। यस्तै, करण केसी र प्रतिश जिसीले एक-एक ब्याटरलाई पभिलियन फर्काए।

पहिलो अभ्यास खेलमा युएईसँग पराजित नेपालको पहिलो जित हो। जिम्बाब्वे भ्रमणअघि नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमण गरेको थियो।

जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। नेपाली टिम त्यतैबाट हरारे पुगेको हो।

जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।

समूह चरणमा हरेक टिमले चार खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। साभार:अन्नपुर्णपाेष्ट

Related posts

क्यानको सूचीमा नपरेका ९ खेलाडीसंग मधेस प्रदेशले गर्‍यो सम्झौता

MadhesKhabar

यू–१९ एशिया कप क्रिकेटको फाइनलमा भारत र बंगलादेश भिड्ने

MadhesKhabar

वीरगन्जको नारायणी रंगशालाको पुर्ननिर्माणको काम सुरु

MadhesKhabar

Leave a Comment