Madhes Khabar
खेलकुद

वीरगन्ज-१० मा आयोजित वडास्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि बागमतीले जित्यो

वीरगन्ज,३जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा आयोजित चौंथो वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ।ठाकुरराम बहुमुखी क्याम्पसको क्रिकेट मैदनानमा शनिबार भएको फाइनल खेलमा गण्डकीलाई ८ विकेटले पराजित गर्दै बागमतीले उपाधि उचालेको हो ।

गण्डकीले दिएको ११६ रनको लक्ष्य बागमतीले १३ ओभरमा केवल दुई विकेटमा मात्र गुमाएर पुरा गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको गण्डकीले १९.५ ओभरमा अलआउट हुदैं केवल ११५ रन मात्र बनाएको थियो ।

प्रतियोगिताको समापन समारोहमा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चालागाइँले उपाधि विजेता बागमती टिमलाई नगद २१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे । यस्तै उपविजेता गण्डकीलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर १० का युवा र किशोरहरु सम्मिलित ८ वटा टीमले भाग लिएका थिए ।घडिअर्वा स्पोर्टस क्लब र पशुपति आदर्श क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशीलकुमार कानुले गरेका थिए ।

समापन समारोहमा प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्च पासमा पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चौलागाईको अध्यक्षतामा भएको समापन समारोहमा उद्योगपति अशोक बैद्य , वडा सदस्यहरु प्रभु महतो,प्रेमशीला देवी,मिश्रादेवी नगरकोटी, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष राकेश साह , पूर्व अध्यक्ष दिलिप साह कानु,घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु , प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तव लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

Related posts

अमेरिकासंग नेपाल फेरि पराजित

MadhesKhabar

क्यानले सन्दीपलाई टी–२० विश्वकप खेल्न पठाउने

MadhesKhabar

सधैंका लागि अस्ताए फुटबलका ‘हरि गुरु’

MadhesKhabar

Leave a Comment