Madhes Khabar
खेलकुद

मुम्बई फेरि स्तब्ध, राजस्थानकाे लगातार तेस्राे जीत

काठमाडौं,१९चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जीत हात पारेको छ ।

मुम्बईकाे वानखडे क्रिकेट स्टेडियममा साेमबारराति भएको खेलमा राजस्थानले मुम्बईलाई ६ विकेटले हराएको हाे।

मुम्बईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि रियान परागले ३९ बलमा ५ चौका र ३ छक्काको मदतमा ५४ रन बनाए । रविचन्द्रन आश्विनले १६ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।जोस बटलरले १६ बलमा १३ तथा कप्तान सन्जस सामसनले १० बलमा १२ रन बनाए ।

मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रनमात्र बनाएको थियो ।

मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए ।टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए ।

लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ ।

Related posts

नारायणी क्रिकेट मैदानकाे मुख्यमन्त्री सिंहले गरे निरीक्षण

MadhesKhabar

वीरगन्ज-१० : वडा स्तरीय क्रिकेटको उपाधिमाथि कोशीकाे कब्जा

MadhesKhabar

वीरगन्ज १० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु

MadhesKhabar

Leave a Comment