Madhes Khabar
खेलकुद

ओमानमाथि नेपालकाे लगातार दाेस्राे जित

काठमाडौं,१७असाेज:त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ ।याे सिरिजमा ओमानमाथि नेपालका लागि यो लगातार दोस्रो जित हो ।

१५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भएपछि खेल नेपालले जित्यो । ओमानका लागि जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।कप्तान रोहित पाैडेलले अविजित ५६ रन बनाए । उनले ४४ बलको सामना गरेर दुई चौका तथा चार छक्का प्रहार गरे । कुशल मल्लले १९ र देव खनालले १८ रनको योगदान गरे ।ओपनर अनिल साह ११, आसिफ शेख १६, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए ।

नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुग्यो ।

नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेटरनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ । नेपालले अव क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

Related posts

२३ रनले पराजित भएपनि भारतविरुद्ध नेपालकाे उम्दा प्रदर्शन

MadhesKhabar

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुंगो, कुन समूहमा को ?

MadhesKhabar

भारतको लज्जास्पद हार, अस्ट्रेलियासंग १० विकेटले पराजित

MadhesKhabar

Leave a Comment