Madhes Khabar
खेलकुद

भारतको लज्जास्पद हार, अस्ट्रेलियासंग १० विकेटले पराजित

वीरगन्ज,५ चैत : अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भारतको बिशाखापट्नममा भएको खेलमा भारतले अष्ट्रेलियासंग लज्जास्पद पराजय व्यवहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन मात्र बनाएको थियो।एक सय १८ रनको फिनो लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा विकेट नगुमाई पुरा गरेको हो । अस्ट्रेलियाका लागि ओपनिङमा उत्रिएका मिचेल मार्चले अविजित ६१ रन र ट्राभिस हेडले अविजित ५१ रन बनाएका हुन् ।

भारतका लागि विराट कोहलीले ३१ तथा अक्षर पटेलले अविजित २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।
बलिङतर्फ मिचेल स्टार्कले आठ ओभरमा ५३ रन खर्चेर एक मेडनसहित पाँच विकेट लिए। सिन अबोटले ६ ओभरमा २३ रन खर्चेर तीन तथा नाथान एलिसले पाँच ओभरमा दुई विकेट लिए।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ। यसअघि शुक्रबार भएको एकदिवसीयमा भारतले पाँच विकेटको जित निकालेको थियो।निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय आगामी बुधबार चेन्नईमा हुनेछ।

 

Related posts

टी-२० विश्वकप: सुपर ओभरमा नामिबिया विजयी

MadhesKhabar

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

MadhesKhabar

नेपालकाे खराब सुरुवात, आसिफ र कुशल सस्तैमा आउट

MadhesKhabar

Leave a Comment