
मधेसखबर
वीरगन्ज, ०१ असार : कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिकसम्म हुने विश्वकप फुटबल खेल्ने ३१ वटै टुंगो लागेको छ ।
अन्तरमहादेशीय प्लेअफ अन्तर्गत मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १–० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाएपछि विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लागेको हो ।फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा कोस्टारिका परेको छ ।
कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।
२२औं संस्करणको फिफा विश्वकप कतारका पाच वटा सहरको आठ मैदानमा खेलाइनेछ ।उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगल बीच हुनेछ ।
कुन समूहमा कुन टिम?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

