Madhes Khabar
खेलकुद

टि–फिफ्टीन च्यारिटी क्रिकेटकाे उपाधि एम.एस. धोनी फ्यान क्लबलाई

वीरगन्ज,२७माघ:वीरगन्जमा आयाेजित टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीताको उपाधि एम.एस. धोनी फ्यान क्लबले आफ्नो जितेको छ।

आदर्शनगर रंगशालामा शनिबार भएकाे फाइनल खेलमा स्प्रिट क्लब वीरगन्जलाई ७३ रनकाे फराकिलो अन्तरले पराजित गर्दै धाेनी फ्यान क्लबले उपाधि उचालेकाे हाे।

१५७ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको स्प्रिट क्लब १३.२ ओभरमा अलआउट हुदै ८३ रनमै समेटिएपछि उपाधि धाेनी फ्यान क्लबकाे पाेल्टामा पुग्याे।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

प्रतियोगिताको समापन समाराेहमा उपाधि विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रफी र मेडल प्रदान गरे।

Related posts

विश्वकप फुटबलमा आज चार खेल हुदै

MadhesKhabar

वीरगन्ज गोल्डकपको फाइनल खेल आज ,उपाधिका लागि आर्मी र पुलिस भिड्दै

MadhesKhabar

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिलाे जित

MadhesKhabar

Leave a Comment