वीरगन्ज,८बैशाख;:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।यी दुईबिचकाे खेल दिल्लीमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।
हैदराबाद ६ खेलमा ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा र दिल्ली ७ खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।
यसअघि शुक्रबारराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएकाे थियो । जितसँगै लखनउको ७ खेलमा ८ अंक भएको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । समान ७ खेलमा ८ अंक नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।

