वीरगन्ज,२७पुष:अयाेजक नेशनल इन्फाेटेक कलेजले वीरगन्जमा शुक्रबारदेखि सुरु ‘नेशनल इन्फोटेक कप’ टि-२० क्रिकेटमा विजयी सुरुवात गरेकाे छ।वीरगन्जको नारायणी रंगशालाकाे क्रिकेट मैदानमा शुक्रबार भएकाे उद्घाटन खेलमा नेशनल इन्फाेटेक कलेजले वीरगन्जकै ग्लाेबल विजनेश कलेजलाई १३ रनले पराजित गरेकाे हाे।१३७ रनकाे लक्ष्यसहित जवाफि व्याटिङमा उत्रिएको ग्लाेबले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रन मात्र बनाएपछि खेल नेशनल इन्फाेटेकले जितेको हाे।ग्लाेबलका लागि साेनस पटेलले सर्वाधिक ४० रन, रितेश पटेलले २८ रन र राेशन साहले १६ रन बनाए।
बलिङतर्फ नेशनल इन्फाेटेकका सलमान मन्सुरीले ३,सरिफ अन्सारीले २ र वासिम अली मन्सरीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे नेशनल इन्फाेटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रनकाे याेगफल तयार पारेकाे थियाे।उसका लागि नितेश चाैधरीले ३२,सन्देश गुप्ताले ३० र राहुल हकले २१ रन बनाए।
बलिङतर्फ ग्लाेबलका राेशन साले २ तथा सुजल सर्राफ र आदर्श भण्डारीले समान १/१ विकेट लिए।उद्घाटन खेलकाे म्यान अफ दी म्याच आयाेजकका सलमान मन्सुरी घाेषित भए।
शुक्रबारदेखि सुरु प्रतियोगितामा पर्सा,बारा र मकवानपुरका गरी १० वटा कलेजले सहभागीता जनाएकाे आयाेजक नेशनल इन्फोटेक कलेजका सञ्चालक एंव प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।प्रतियोगिता माघ १३ गतेसम्म चल्नेछ।

