Madhes Khabar
खेलकुद

भारतले अस्ट्रेलियालाई दियो ४०० रनको विशाल लक्ष्य

वीरगन्ज,७असोज : दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।भारतको इन्दोरमा आइतबार भइरहेको खेलमा टस हारेर पपहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनाएको हो।

भारतका लागि शुभमन गिल र श्रेयस अय्यर दुवैले शतक बनाए । गिल १०४ र अय्यर १०५ रन बनाएर आउट भए ।यस्तै सूर्यकुमार यादवले नटआउट ७२, कप्तान केएल राहुलले ५२ र इशान किशनले ३१ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रीनले २ तथा जोश हेजलवुड, सेन एबोट र एडम जम्पाले १/१ विकेट लिए ।

तीन खेलको एकदिवसीय शृंखलामा भारत १–० ले अघि छ । पहिलो एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो ।

Related posts

बेंग्लोरका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई ’म्याच फी’ को ५० प्रतिशत जरिबाना

MadhesKhabar

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

आसिफ शेख र राेहित पाैडेलले विराट काेहली र राेहित शर्मालाई पछि पारे

MadhesKhabar

Leave a Comment