Madhes Khabar
खेलकुद हेडलाइन

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं,१७फागुन:सन्जु सामसनको शानदार ब्याटिङ प्रदर्शनमा भारत आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सामसनले ५० बलमा अविजित ९७ रन बनाए ।

वेस्ट इन्डिजले दिएको १९६ रनको बलियो लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा सामसनले छक्का र चौका प्रहार गरे ।

तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पान्ड्याले १७ रन बनाए । भारतको टी-२० विश्वकपमा सर्वाधिक सफल रन चेज समेत हो ।

वेस्ट इन्डिजका शमार जोसेफ र जेसन होल्डरले २-२ विकेट लिँदा अकिल होसेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रस्टन चेसले सर्वाधिक ४० रन बनाए । जेसन होल्डर ३७ तथा रोभमन पावेल ३४ रनमा अविजित रहे ।

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पान्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

भारतले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ । अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्नेछन् ।

Related posts

लगातार चार खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

इन्दु बनिन् महिला टी–२० क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

MadhesKhabar

Leave a Comment