Madhes Khabar
खेलकुद

यू-१९ विश्वकप छनाैटकाे तयारीका लागि वीरगन्जमा भएको खेलमा दिल्लीमाथि नेपालकाे क्लिन स्वीप

वीरगन्ज,१६चैत: यू-१९ विश्वकप क्रिकेट छनाैटकाे तयारीमा रहेकाे नेपाली यू-१९ क्रिकेट टिमले दिल्ली यू-१९ टिमसंगको ३ अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ ।वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबार भएको अन्तिम खेलमापनि दिल्ली डिस्ट्रिक्ट क्रिकेट एशोसियसनको यू-१९ टिमलाई ५१ रनले हराउँदै नेपालले सिरिज ३-० ले क्लिन स्वीप गरेको हो।

शनिबारकाे खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमा अलआउट भयो ।दिल्लीका लागि रौनक वागेलाले सर्वाधिक १७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दयानन्द मन्डल एक्लैले ४ विकेट लिए भने विपिन प्रसाद शर्माले २ तथा नितिश पटेलले १ विकेट लिए ।

त्यसअघि नेपालले ३९.४ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।नेपालका लागि रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८-१८ रन बनाए । यस्तै साहिल पटेल र दिलशाद अलीले समान १७-१७ रन बनाए ।

यसअघि नारायणी क्रिकेट म‌दानमै चैत १२ मा भएकाे पहिलो खेलमा नेपाल ५ विकेटले र चैत १४ मा दोस्रो खेलमा नेपाल १०२ रनले विजयी भएको थियो ।

अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला आयोजित गरिएको थियो ।

Related posts

टी-२० विश्वकप : पाकिस्तानमाथि भारतकाे अप्रत्याशित जित

MadhesKhabar

एकदिवसीय क्रिकेटमा रोहित शर्माको १० हजार रन पूरा

MadhesKhabar

अर्जुनको कीर्तिमानी शतकका बाबजुद नेपाल पराजित

MadhesKhabar

Leave a Comment