काठमाडौं,२०असोजः नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले किनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि काठमाडौंमा आइतबार भएको खेलाडी अक्सन( खरिदबिक्री ) प्रकृयामा पर्साको वीरगन्ज निवासी आरिफलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
आरिफले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा आरिफका लागि कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा आरिफले उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।
आरिफका आफनै दाजु आसिफ शेख भने जनकपुर बोल्ट्समा मार्की खेलाडीको रुपमा छन् ।एनपिएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौंमा सुरु हुदैछ । एनपिएलमा आठ टोलीले खेल्ने छन् ।

