Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैया अस्पतालमा छड्के निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले भने : बिरामीको उपचारमा लापरबाही सह्य हुदैन

जनकपुरधाम,२१ भदाै:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा आकस्मिक निरीक्षण गरेका छन् ।मधेस प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता अस्पतालहरुमा छड्के निरीक्षण थालेका हुन् ।

त्यही क्रममा बिहीबार साँझ उनले कलैयाकाे प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।अनुगमनका क्रममा उनले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए । उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसैअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभागमा अनुगमन गरेका थिए ।

Related posts

बिरञ्चीबर्वामा एयरगनबाट गोली प्रहार गरेर बालकलाई घाइते बनाएका तिवारी पक्राउ

MadhesKhabar

बारामा नेपाली नक्कली नोट सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

Leave a Comment