Madhes Khabar
खेलकुद

दिल्लीलाई हराउँदै वीरगन्ज युनाइटेड दोस्रो वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

वीरगन्ज,१७फागुनःवीरगन्ज युनाइटेड क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आदर्शनगर रंगशालामा शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको गढवाल डायमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले हराउँदैै वीरगन्जले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको ५१ औं मिनेटमा दिल्लीका खेलाडी सन्दीप रानाले आफ्नै गोलपोष्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।पहिलो हाफ्मा वीरगन्जमाथि हाबी देखिएको दिल्लीका खेलाडीहरु दोस्रो हाफमा भने तुलनात्मक रुपमा वीरगन्जका खेलाडीहरुसंग कमजोर देखिए । खेलको २० औं मिनेटमा दिल्लीका खेलाडीले डिएरिया भित्रै बल हातले छोएपछि वीरगन्जले पेनाल्टी किक् पाएको थियो । तर वीरगन्जका कप्तान शीशष थापाले भने उक्त पेनाल्टी किक् खेर फालेका थिए । थापाले पेनाल्टी किक्मा प्रहार गरेको बल दिल्लीको गोलपोष्ट बाहिर गएको थियो ।

खेलको ८५ औं मिनेटमा दिल्लीले बराबरी गोल गर्ने अवसर गुमाएको थियो । दिल्लीका अभय डेसिलाले वीरगन्जको डिएरिया भित्रैबाट प्रहार गरेको बल गोलपोष्टको बारमाथि बाट गएपछि दिल्लीले बराबरी गोल फर्काउन सकेन ।

शनिबारको खेलको म्यान अफ दी म्याच वीरगन्जका बिपिन मगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । आइतबारको खेल काठमाडौंको संकटा क्लब र सिरहाको सलहेश फुटबल क्लबबीच हुनेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आालम,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,वीरगन्ज महानगरपालिका विभिन्न वडाका वडाध्यक्ष लगायतकाकोपनि सहभागीता थियो ।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगितामा आठ टिम सहभागी छन् । फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डायमण्ड फुटबल क्लब दिल्ली भारत, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र वीरगन्ज युनाइटेड क्लबले भाग लिएको आयोजक भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर राणाले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Related posts

पहिलाे खेलमै मुम्बईकाे हार, गुजरात ६ रनले विजयी

MadhesKhabar

मधेसमा क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार लागेकाे छ : खेलकुदमन्त्री जयसवाल

MadhesKhabar

भियतनाममा बाराका दुई खेलाडीले जिते रजत पदक

MadhesKhabar

Leave a Comment