Madhes Khabar
खेलकुद हेडलाइन

प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा

वीरगन्ज ,१२चैत : पर्सा , दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ ।पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृतिमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सर्लाहीलाई १–० को रोमान्चक जित हात पार्दै पर्साले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पर्साका लागि खेलको ३२ औं मिनेटमा कृष्ण शाक्यले गरेको गोल नै निर्णायक बन्यो । खेल अवधिभर पर्सा माथि हाबी भएका सर्लाहीका स्कोररले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङ गर्न नसक्दा उसले १–० हो पराजय व्यवहोर्नु परेको हो ।

आइतबारको खेलको म्यान अफ दी म्याच पर्साका कृष्ण शाक्य नै घोषित भए । प्रतियोगिता सोमबारको खेल बारा र सप्तरी बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन मधेस प्रदेशका संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले सेमफिाइनलको यात्रा तय गरिसकेको छ ।

चैत १८ गते सम्म प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष धिरज कुमार गुप्ताले जानकारी गराए ।

Related posts

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

नारायणी रंगशालाकाे पुनर्निमाणका लागि खेलकुदमन्त्री चाैधरीले दिए आश्वासन

MadhesKhabar

पर्साको गादीका पशुपालक किसानहरुलाई प्रोत्साहित गर्न विजुलीले चल्ने लेदी काट्ने मेसिन वितरण

MadhesKhabar

Leave a Comment