Madhes Khabar
कृषि हेडलाइन

कृषिमन्त्री पटेलले भने : म किसानको छोरा हुँ, कृषकका समस्या समाधानमा दत्तचित्त भएर लाग्छु

वीरगन्ज,१८पुसःमधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले आफ्नो कार्यकालभर किसानका समस्याको समाधानका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नवनियुक्त कृषि मन्त्री पटेलले संघीय कानुनको कारण प्रदेशमा किसानका समस्या समाधानका लागि काम गर्न बाधा अड्चन भएपनि त्यसको बाबजुद आफ्नो कार्यकालभर किसानका समस्याको समाधानका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाए ।

मधेसका किसानहरू अनेक समस्याबाट गुज्रिरहेको भन्दै उनले ती समस्याको समाधान नै आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
आँफु स्वंयपनि किसानकै छोरा भएकोले किसानका पिडा र समस्याबारे भुक्तभोगी रहेको भन्दै मन्त्री पटेलले भने,‘म आफैँ किसानको छोरा हुँ, त्यसैले किसानका पीडा र समस्या मलाई राम्ररी थाहा छ ।’

मन्त्री पदको कार्यभार सम्हालेको दिन नै मातहतका कर्मचारीहरूले दिएको ब्रिफिङ सुनेपछि मधेस प्रदेशका किसानको अवस्था अझ स्पष्ट रूपमा बुझ्न पाएको सुनाउँदै उनले ती सबै समस्यालाई सम्बोधन गर्ने गरी अध्ययन अघि बढाएको बताए ।

मधेस प्रदेशलाई कृषि क्षेत्रमा नमुना बनाउने लक्ष्यसहित सुझाव लिने काम भइरहेको उनले बताए।मन्त्री पटेलले किसान तथा व्यवसायीहरुलाई आफूलाई मन्त्री नभई भाइ सम्झेर सल्लाह दिन आग्रहसमेत गरे ।उनले भने्, ‘म मन्त्री होइन, तपाईँहरूको भाइ हुँ। भाइ सम्झेर खुलेर सल्लाह दिनुहोस्, प्रदेशको हितमा हुने सबै सल्लाह कार्यान्वयन गर्नेछु ।’

उखु किसानको समस्याबारे पनि गुनासो आएको जनाउँदै मन्त्री पटेलले त्यसको समाधानका लागि मन्त्रालय स्तरमै छलफल अघि बढाएको पनि बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त मन्त्री पटेललाई संघको तर्फबाट सम्मानित गरिएको थियो ।

 

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित

MadhesKhabar

वीरगन्जमा राजवादीहरुद्वारा केपी ओलीको पुत्ला दहन

MadhesKhabar

बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी आन्दोलनमा भएकाे ताेडफाेडले ३ करोडको क्षति

MadhesKhabar

Leave a Comment