Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरका मेयर सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त

वीरगन्ज, ७ असार: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न गठित राष्ट्रिय परिषद् सदस्यमा मेयर सिंह नियुक्त हुनु भएको हो ।

गएको जेठ २६ गतेको प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम मधेस प्रदेशबाट वीरगन्ज महानगरका मेयर सिंह सदस्य चयन भएका हुन् ।

परिषद्ले साझा अधिकारका विषयमा कानून तथा नीति तर्जुमाको लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन हुने राष्ट्रिय हित तथा स्वार्थसँग जोडिएको विषयमा समन्वय गर्ने, राष्ट्रिय योजना, नीति तथा कानूनहरुको प्रदेश तथा स्थानीय तहमा कार्यान्वयनका सम्बन्धमा रहेका जटिलता समाधान गर्ने लगायतका विषयमा काम गर्ने गर्दछ ।

‘सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी बनाउन यहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ,’ परिषद् सदस्यमा नियुक्त गरिएको पत्रमा भनिएको छ ।

Related posts

वडा वडामा धारा जडान र ट्यांकी राखेर पानीको प्रबन्ध मिलाउँदै महानगर

MadhesKhabar

पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप

MadhesKhabar

बारामा माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment