Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जमा नेपाल भारत व्यापार साझेदार सम्मेलन : नेपालमा भारतीय लगानी घट्यो

वीरगन्ज,१२भदौं :वीरगन्जमा नेपाल भारत व्यापार साझेदार सम्मेलन २०२५ सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जको सहकार्य तथा नेपाल भारत उद्योग वाणिज्य संघ वीरगन्ज शाखा र पञ्जाब–हरियाण–दिल्ली (पिएचडी) चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको संयुक्त आयोजनामा उक्त सम्मेलन सम्पन्न भएकोे हो ।

सम्मेलनमा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल भारत व्यापारिक सम्बन्ध विश्वका अन्य मुलुकभन्दा धेरै नजिकको रहेको भन्दै नेपाली बिजुली खपतको लागि भारतीय बजार एक अवसर रहेको बताए ।उनले पूर्वी नेपालका जिल्लाहरुमा पनि भारतको सहयोगमा पेट्रोलियम पाइपलाइन योजना अघि बढाइएको बताउँदै नेपाली उद्योगी–व्यवसायी र सरकारी पक्षले उठाएका गुनासा एंव मागलाई माथिल्लो निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपाल र भारत बीचको आर्थिक, समाजिक, सांस्कृतीक सम्बन्धलाई २१ औं शताब्दीको आलोकमा आधुनिकरण र द्धिपक्षीय हित साधन हुने गरि दुबै देशको प्रभावकारी भुमिका हुनु पर्नेमा जोड दिए।उनले भारतसंगको नेपालको सम्बन्धलाई प्रगाढ एंव सुदृढ बनाउन जनस्तरदेखी सरकारी स्तरसम्मको भुमिका हुनु पर्ने बताए ।

मधेस प्रदेशकम नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले विदेशी निवेशमध्ये नेपालमा सबैभन्दा बढी निवेश भारतको रहेको बताए।उनले नेपाल राष्ट्र बैंकको सन् २०२४ को तथ्यांकलाई इङ्गित गर्दै नेपालको कुल कृषि उत्पादनमा मधेस प्रदेशको सबैभन्दा बढी करीब ३५ प्रतिशतको योगदान रहेको बताए ।

नेपालमा भारतीय कुल निवेशको मधेसमा करीब आठ प्रतिशत मात्र निवेश रहेको उनले जानकारी गराए । उनले बागमती प्रदेशमा भारतीय निवेश ५१ प्रतिशतसम्म रहेको र भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्न सहज नहुँदा सन् २०१९ देखि २०२४ सम्म भारतीय लगानी नेपालमा करीब १७ प्रतिशतले घटेको बताए । नेपालले भारतीय लगानीकर्ताको विश्वास जित्नेगरी नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पीएचडी चेम्बर–भारत नेपाल सेन्टरका सचिव अतुल कुमार ठाकुर, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, मधेस प्रदेश मातहतको नीति आयोगका उपाध्यक्ष डा. सोहन साह,सीमा जागरण मञ्चका बिहार राज्य संयोजक महेशकुमार अग्रवाल लगायतले नेपाल भारतको आर्थिक सम्बन्धलाई सुद्धिढ बनाउन दुबै देशले खेल्नु पर्ने भुमिका बारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल भारत उद्योग वाणिज्य संघ वीरगन्ज शाखाका अध्यक्ष अभिषेक चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

 

Related posts

पर्सामा अपराधको बिगबिगी: गम्भीर मुद्दाका फरार प्रतिवादी खुलेयाम घुम्दा पनि प्रहरी मूकदर्शक

MadhesKhabar

श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट

MadhesKhabar

मधेस खबरकी सम्पादक माधुरी महताे फाेटाे पत्रकार महासंघकाे उपाध्यक्षमा चयन

MadhesKhabar

Leave a Comment