Madhes Khabar
राजनीति हेडलाइन

युवा नेता ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश

वीरगन्ज,२०फागुन : वीरगन्जका सामाजिक अभियन्ता एंव युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार काठमाण्डौस्थित जनमत पार्टीको कार्यालयमै आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर राउतको हातबाट सदस्यता लिएर सर्राफ जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सर्राफ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (ख) मा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर प्रदेशसभभा सदस्यको प्रत्याशी बनेका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा पनि उनि स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए । मधेस आन्दोलनबाट राजननीतिक यात्रा थालेका सर्राफ विगतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वीरगन्ज महानगर अध्यक्षसमेत बनेका थिए ।
शनिबारको पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष दिपक साह, पार्टीका नेता बिपि साह लगायतको पनि सहभागिता थियो ।

Related posts

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

पर्सामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

MadhesKhabar

वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment