Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुप विजयी

वीरगन्ज,५मंसिरःवीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा अग्नी ग्रुप विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको खेलमा अग्नी ग्रुपले ओम्नी ग्रुपलाई ८६ रनले पराजित गरेको हो ।

११५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको ओम्नी ग्रुपले ६ ओभरमा अलआउट हुदैं २८ रनमात्र बनाएपछि खेल अग्नी ग्रुपले जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको अग्नी ग्रुपले निर्धारित ६ ओभरमा ११४ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दी म्याच ३६ रन बनाएका अग्नी ग्रुपका सुवास कुमार घोषित भए।

लायन्स क्लब अफ वीरगन्ज र स्पोटर्स एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा वीरगन्जका वाणिज्य बैंक,वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी छन् ।

Related posts

साउदीले नेपाललाई ७४ रनको लक्ष्य

MadhesKhabar

वीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबलको उपाधि भूपू सैनिक स्कुलले जित्यो

MadhesKhabar

भारतमाथि वेस्ट इन्डिजकाे राेमाञ्चक जित

MadhesKhabar

Leave a Comment