वीरगन्ज ,१२ जेष्ठ:वीरगन्जमा शनिबार देखि पर्सा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
पर्सा जिल्ला फुटबल संघले आदर्शनगर रंगशालामा आयाेजना गरेकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा युवा स्पोर्ट्स क्लब र युनिटी युवा क्लबले गाेलरहित बराबरी खेलेका छन् ।
उक्तको खेलको म्यान अफ दि म्याच युवा स्पोर्ट्स क्लबका गोलरक्षक सावन कुमार घाेषित भए ।
अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लबले भाग लिएको संघका महासचिव विनोद परीयारले जानकारी दिए ।
प्रतियोगितामा आइतबारको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लब बीच हुने महासचिव परीयारले बताए ।
प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय महासचिव किरण राईले गरेका थिए ।
खेल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अब संघको राजनीतिलाई एउटा डालोमा राखेर खेलकुद प्रतियोगिता निरन्तर अगाडि बढाउने बताए ।
यस्तै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समय देखि रोकिएको सबै प्रतियोगिता अब सुरु हुन लागेको बताए ।
पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोशन कलवारको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह , नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , भेट्रान सिटि क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेत ,वरिष्ठ उपाध्यक्ष रोसन श्रेष्ठ लगायतकाहरुको सहभागिता रहेको थियो ।

