Madhes Khabar
खेलकुद हेडलाइन

कुश्ती खेलप्रति मधेसका युवामा उत्साह बढाउन वीरगन्जमा विराट कुश्ती दंगल हुदैं

वीरगन्ज,२८कार्तिक: वीरगन्जमा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागीतामा विराट कुश्ती दंगल प्रतियोगिता आयोजना हुने भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक नजिकको बहुअरी गाँउमा आगामी मंसिर ४ र ५ गते हनुमान विराट कुश्ती दंगल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर आयोजकले उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । मधेसको पहिचान र संस्कृतिका रुपमा परिचित कुश्ती खेल प्रति नयाँ पिंढीलाई आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक महावीर प्रसाद यादवले बताए ।

उनका अनुसार, दुई दिन सम्म चल्ने कुश्ती दंगलमा नेपाल र भारतका गरि २ सय २६ जना कुश्तीबाजले सहभागीता जनाउने भएका छन् ।नेपालका चर्चित कुश्तीबाज देवा थापा, महावीर थापा, केशव बाबा सहित पर्सा , बारा , नवलपरासी लगायतका जिल्लाका कुश्तीबाजहरुले दंगलमा भाग लिने यादवले बताए।

यस्तै भारतको हरियाणा,दिल्ली,बनारस,गोरखपुर,कलकत्ता र पानीपथरीका कुश्तीबाजहरुलेपनि दंगलमा भाग लिने पत्रकार सम्मेलनमा बाराका कुश्तीबाज पन्नालाल कुर्मीले जानकारी गराए ।मंसिर ४ गते कुश्ती दंगलको समुद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने संयोजक यादवले बताए। कुश्ती दंगलको आयोजनामा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यादवले बताए ।

पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री मोहन यादव, हरिओम पटेल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

नारायणी अस्पतालकाे एमआरआई सेवा सञ्चालनमा आएकाे ६ महिना नबित्दै अवरुद्घ 

MadhesKhabar

बारामा ५ वर्षदेखि रोकिएको जमुनी सिँचाइ योजनाकाे कामले गति लियो

MadhesKhabar

पोखरिया ४ को वडा कार्यालयमा सेवाग्राहीलाई सास्ती

MadhesKhabar

Leave a Comment