Madhes Khabar
खेलकुद

काम लागेन राेहितकाे शतक, मुम्बई चेन्नईसंग पराजित

वीरगन्ज,२बैशाख:इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

मुम्बईको घरेलु मैदान वानंखडे स्टेडियममा भएकाे खेलमा मुम्बईमाथि चेन्नईले २० रनको जित हात पारेको हो ।

चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १ सय ५ रनको शतकीय ईनिङ खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन्।मुम्बईका लागि तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन र इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए ।

चेन्नईका लागि मधिशा मधिरानाले चार तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए । दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए । कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए । रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए।विसफाेटक ब्याटिङ गरेका महेन्द्रसिंह धोनीले ४ बलमा ३ छक्का हान्दै अविजित २० रन जाेडे ।

मुम्बईका लागि हार्दिक पान्ड्याले दुइ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान एक एक विकेट लिए ।

छैटौं खेलमा चौथो जितका साथ चेन्नई तेस्रो स्थानमा कायमै रहेको छ । छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ ।

Related posts

पर्सा क्रिकेट लिगमा युनाइटेड र किन्लिसकाे विजयी सुरुवात 

MadhesKhabar

समुह विजेता बन्दै भारत सेमिफाइनलमा , बंगलादेश ७१ रनले पराजित

MadhesKhabar

वीरगन्ज–१० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, सांसद सुशील कानुले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment