वीरगन्ज,२६वैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि चौंथो वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।
ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशीलकुमार कानुले गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद कानुले यसअघि वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्षमै आफ्नै पहलमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताले लगातार चार वर्षसम्म निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । साथै उनले खेलकुदमा युवाहरुलाई आकर्षित गर्न वीरगन्ज–१० को वडा समितिले आयोजना गरेको प्रतियोगिताको सफलताको शुभकामना दिए ।उनले खेलकुद प्रतियोगिताले युवाहरुलाई गलत बाटोमा लाग्नबाट जोगाउनुका साथै देशकै लागि राम्रा खेलाडीहरुपनि उत्पदानमा मदत पुरयाउने बताए ।
प्रतियोगिताको उदघाटन समारोहमा प्रदर्शन गरिएको मार्च पासमा लिटिल एन्जल्स इंग्लिश बोर्डीङ स्कुल प्रथम, माउण्ट मकालु इंग्लिश बोर्डीङ स्कुल द्वितीय र रामचरण साह पन्नालाल मावि तृतीय भएका थिए ।मार्च पासमा ७ वटा विद्यालयले भाग लिएका थिए।
शनिबारदेखि सुरु प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्। प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुनेछ ।
कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चौलागाईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योगपति अशोक बैद्य वडा सदस्यहरु प्रभु महतो,प्रेमशीला देवी,मिश्रादेवी नगरकोटी, वडा कार्यालयका सचिव पवन प्रधान नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी ,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष राकेश साह , पूर्व अध्यक्ष दिलिप साहकानु,घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु , प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तव लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

