काठमाडौं,१०भदौं :बंगलादेश साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएकाो दोश्रो तथा अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरेको हाो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले टाइब्रेकरमा भारतलाई ४–३ ले पराजित गरेको हो।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट विजेता टुंगो लागेको हो। उपाधिका लागि बंगलादेशले बुधबार हुने फाइनल खेलमा नेपालको सामना गर्नेछ ।

