Madhes Khabar
खेलकुद धर्म/संस्कृति

सखुवा प्रसौनीको पचगाँवामा आयोजित दंगल कुश्तीको गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

वीरगन्ज,१० असोज :पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ औराहा पचगाँवा बजारमा लागेको तीन दिने जिउतिया पर्ब महाबीरी झण्डा मेलामा बिहीबार दंगल कुश्ती प्रतियोगिता आयोजना गरिएको छ ।

जिउतिया पर्बको उपलक्ष्यमा समेत आयोजना गरिएको दंगल कुश्ती प्रतियोगिताको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका हुन् ।सखुवा गाँउपालिकाको सहयोगमा मेला समितिले आयोजना गरेको कुश्ती दंग प्रतियोगिताको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष यादवलले कुश्ती मधेसको मौलिक खेल भएको बताए । पछिल्लो समय कुश्ती खेलप्रतिको आकर्षण घट्दै गएकोमा उनले चिन्तापनि व्यक्त गरे ।

मधेसको मौलिकता र पहिचानसंग जोडिएको कुश्ती खेलको संरक्षण र विकासका लागि संघ र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिदैं उनले यस खेलको जगेर्ना र यसमा लागेका पहलमानहरुको वृतिविकासका लागि आफनो पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए ।

दंगल कुश्ती प्रतियोगितामा नेपाल र भारतका गरी नाम चलेका १० जना पहलमानहरुले भाग लिएका थिए ।जिउतिया पर्ब महाबीरी झण्डा मेला व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा आयोजित दंगल कुश्ती प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी पूर्व उपाध्यक्ष फुलमति देवी चौधरी,प्रमुख प्रशासकीय अधिकृत विजयकुमार चौरसिया,स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, वडाध्यक्ष चीरञ्जिवी महत्तो, प्रहरी निरीक्षक मोहनजंग बुढा थापा, युवा नेता शीवकुमार साह तेली लगायतकोपनि सहहभागीता थियो ।

Related posts

सोनाम ल्होछार पर्वको उपलक्ष्यमा ठोरी गाँउपालिकामा ३ दिन सार्वजनिक बिदा

MadhesKhabar

हैदराबाद आईपीएलकाे प्लेअफमा

MadhesKhabar

एसिया कप : भारतद्वारा पाकिस्तान ५ विकेटले पराजि

MadhesKhabar

Leave a Comment